ऐतीहासिक म्यान्चेस्टर डर्बी आज

इङलिस फूटबल का दुई ठुला शहरी चिर प्रतिद्वन्दी क्लब हुन म्यान्चेस्टर युनाईटेड र म्यान्चेस्टर सिटि। यिनै २ शहरी प्रतिद्वन्दी बिच को खेल अर्थात ( म्यान्चेस्टर डर्बी ) आज हुँदै छ।

सिजन को सुरुवात बाट नै अपेक्षा अनुसार प्रदर्शन गर्न नसकेका यी दुई क्लब हरु बिचको खेल आज हुन लागेको हो । १० खेल मा १९ अङ्क को साथ मा लिग को सातौ स्थान मा रहेको युनाईटेड र समान १० खेल बाट १८ अङ्क को साथ मा लिग टेबल को आठौं स्थान मा रहेको म्यान्चेस्टर सिटि बिच को खेल दुबै क्लब का लागि निकै महत्त्वपूर्ण हुनेछ।

त्यस्तै म्यान्चेस्टर युनाईटेड का म्यानेजर ओले गनर सोल्सार को लागि पनि आज को खेल निकै महत्त्वपूर्ण हुने पक्का छ । केही दिन अघि मात्र म्यान्चेस्टर युनाईटेड च्याम्पियन्स लिग को समुह चरण बाट बाहिरीएपछि म्यानेजर ओले माथी चर्को दबाब परेको छ, यदि आजको खेल म्यान्चेस्टर युनाईटेड ले हारेको खण्ड मा ओले गनर सोल्सार म्यान्चेस्टर युनाईटेड को म्यानेजर पदबाट बर्खास्त हुने संभावना रहन्छ । म्यान्चेस्टर युनाईटेड को घरेलु मैदान ओल्ड ट्राफोर्ड मा हुने खेल नेपाली समय अनुसार राती सबा ११ बजे सुरु हुने छ

म्यान्चेस्टर डर्बी को इतिहास
सन १८८१ नोभेम्बर १२ मा यी २ क्लब बिच पहिलो औपचारिक खेल भएको थियो तर त्यति बेला यी दुबै क्लब को नाम निकै फरक थियो । त्यो समय मा म्यान्चेस्टर युनाईटेड लाई “न्युटन हेल्थ” को नाम ले चिनिन्थ्यो भने म्यान्चेस्टर सिटि लाई सेन्ट. मार्क्स ( वेस्ट गोर्ट्न) को नाम ले चिनिन्थ्यो ।

उक्त खेल ” न्युटन हेल्थ” अर्थात अहिलेको म्यान्चेस्टर युनाईटेड ले ३-० ले जितेको थियो । सन १८८१ देखि अहिलेसम्म आउदा यी दुई क्लब १८२ पटक आमनेसामने भएका छ्न जसमा म्यान्चेस्टर युनाईटेड ले ७६ खेल जितेको छ भने म्यान्चेस्टर सिटि ले ५४ खेल मा बाजि मारेको छ त्यस्तै ५२ खेल बराबरी मा सकिएका छन ।

डर्बी को अरु रेकर्ड को कुरा गर्नुपर्दा म्यान्चेस्टर डर्बी सबैभन्दा बढी खेल्ने खेलाडी म्यान्चेस्टर युनाईटेड का लिजेन्ड रायन गिग्स हुन उनले ३६ पटक म्यान्चेस्टर डर्बी खेलेका छ्न त्यस्तै म्यान्चेस्टर डर्बी मा सबैभन्दा बढी गोल गर्ने खेलाडी युनाईटेड कै वेन रोनि हुन उनले सबैभन्दा बढी ११ गोल गरेका छ्न ।

5 2 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments