सपनाको एसिया कप , नेपाल को आशातित प्रदर्शन अन्ततः
नेपाल ले एसिया कप २०२३ भारतसँग शान्दार प्रदर्शन गर्दै टुङ्याएको छ । अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ बर्ष पछि पहिलोपटक एसिया कप खेल्ने मौका पाएको नेपाल ले खेलेका दुई खेल मा अपेक्षित नतिजा निकाल्दै आफ्नो यात्रा अन्त्य गर्यो ।

भारतले नेपाललाई १० विकेटले पराजित गर्दै एशिया कपको सुपर चारमा पुगेको छ । वर्षाले प्रभावित खेलमा भारतले २०.१ ओभरमा कुनै विकेट नगुमाएर पाएको १४५ रनको लक्ष्य पुरा गरेको थियो । योसँगै समुह ए बाट भारत र पाकिस्तान सुपर चारमा पुगेका छन् भने नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।

बर्षाले खेल अवरुद्ध भएपछि डक वर्थ लुइस नियम अनुसार भारतलाई २३ ओभरमा १४५ रनको लक्ष्य दिइएको थियो । भारतको जितमा कप्तान रोहित शर्माले अविजित ७४ रन बनाए भने शुभमन गीलले अविजित ६७ रन बनाए ।
यसअघि नेपालले टस हारेर पहिला ब्याटिंग गर्दै ४८.२ ओभरमा अल आउट हुदै २३० रन बनाएको थियो । नेपालका लागि आसिफ सेखले सर्बाधिक ५८ रन बनाएका थिए कुशल भुर्तेल ३८ रन सोमपाल कामीले उत्कृष्ट ब्याटिंग गर्दै ४८ रन बनाएका थिए ,दिपेन्द्र सिंह ऐरी २९, भीम सार्कीले ७, कप्तान रोहित पौडेलले ५, कुशल मल्लले २, गुलशन झाले २३, सन्दीप लामिछानेले ९ रन बनाएर आउट भएका थिए । त्यस्तै करण केसीले अविजित २ रन बनाए भने ललित राजबंशी शुन्यमा आउट भएका थिए ।

त्यस्तै भारतका बलर रविन्द्र जडेजा र मोहमद सिराजले ३-३ तथा मोहमद शामी, शार्दुल ठाकुर र हार्दिक पाण्डेयले एक एक विकेट लिएका थिए ।
