बेन चिलवेलको सानदार डेब्युमा चेल्सीको जीत
शनिबार साझँ चेल्सीको घरेलु मैदान स्टायमफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई ४-० को फराकिलो अन्तरले पराजित गर्यो । प्रिमियर लिगमा डेब्यु गरेका बेन चिलवेलको १ , जुमाको १ र मिडफल्डर र्जोजिनिहो को २ गोलको मद्दतले चेल्सीले खेलमा जित हात पार्न सफल भयो।

पहिलो हाफमा दुवै टिमले उत्कृष्ट मौका सिर्जना गर्न नसक्दा पहिलो हाफ बराबरीमा सकिएको थियो । पहिलो हाफमा अधिकांस बल आफ्नो नियन्त्रणमा राखे पनि घरेलु टोली चेल्सीले त्यसको सदुपयोग गर्न सकेन । दोस्रो हाफको सरुवातमै चेल्सीको लागि प्रिमियर लिग डेब्यु गरिरहेका डिफेन्डर बेन चिलवेलले गोल गर्दै आफ्नो टोली चेल्सीलाई खेलमा १-० को अग्रता दिलाए ।

खेलको ५९ औ मिनेटमा बेन चिलवेलको कर्नर मा कोर्ट जुमाले आफ्नो टिमलाई २-० को अग्रता दिलाउने अवसर गुमाए । बेन चिलवेलको पासमा गोल गर्दै कोर्ट जुमाले खेलको ६६ औ मिनेटमा चेल्सीलाई २-० गोलको अग्रता दिलाउन सफल भएका थिए ।

खेलको ७८ औ मिनेटमा पाएको पेनाल्टीलाई गोलमा सदुपयोग गर्दै र्जोजिनिहोले चेल्सीलाई ३-० गोलको अग्रता दिलाए । क्रिस्टल प्यालेसले खेलमा कुनै पनि उत्कृष्ट मौका सिर्जना गर्न सकेन।

खेलको ८३ औ मिनेटमा क्रिस्टल प्यालेसका डिफेन्डर साकोले चेल्सीका मिडफिल्डर काई हार्भटलाई आफ्नो डि एरियामा फाउल गरेपछि चेल्सीले खेलको दोस्रो पेनाल्टी पायो र सो पेनाल्टीमा गोल गर्दै र्जोजिनिहो ले चेल्सीलाई ४-० को अग्रता दिलाएका थिए । चेल्सीका वेन चिलवेलले खेलको म्यान अफ दि म्याचको अवार्ड पाए ।
