पोर्टो द्वारा युभेन्टस पराजित

इटालियन जायन्ट युभेन्ट्स च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा पराजित भएको छ ।

बुधबार राति सम्पन्न पहिलो लेगमा युभेन्ट्स पोर्चुगिज क्लब पोर्टोसँग २-१ गोल अन्तरले पराजित भएको हो ।

घरेलु मैदानमा पोर्टोलाई जित दिलाउन मेहेदी तारेमी र मौसा मारेगाले एक एक गोल गरे ।

युभेन्ट्सका फेड्रिको चिसे ले एक गोल फर्काए ।

खेलको सुरु भएको पहिलो मिनेटमा तारेमीले गोल गर्दै पोर्टोलाई अग्रता दिलाएका थिए ।

खेलको ४६ औं मिनेटमा मौसाले गोल गरेपछि घरेलु टिम २-० ले अघि रह्यो ।

त्यसपछि खेलको ८२ औं मिनेटमा युभेन्ट्सका फेड्रिकोले एक गोल फर्काए पनि त्यो निकै ढिला भैसकेको थियो ।

यस जितसँगै पोर्टोको क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

यो हार संगै युभेन्ट्सलाई भने दोस्रो लेगमा उत्कृष्ट पुनरागमनको आवश्यकता हुने छ । युभेन्ट्सको घरेलु मैदानमा हुने दोस्रो लेग मार्च ९ मा हुनेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments