वेष्ट ह्यामलाई पराजित गर्दै लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा

लिभरपुल ईङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले वेष्ट ह्यामलाई २–१ को गोल अन्तरले हराएको छ।

खेलमा वेष्ट ह्यामले अग्रता लिएको थियो। खेलको १० औं मिनेटमामा वेष्ट ह्यामका लागि फोर्नल्सले गोल गर्दै अग्रता दिलाएका थिए। मोहमद सलाहाले ४२औं मिनेटमा पेनाल्टी गोलमार्फत लिभरपुललाई बराबरीमा ल्याए ।

खेल सकिन ५ मिनेट बाँकी हुँदा जोटाले लिभरपुलका लागि विजयी गोल गरे । वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका डिएगो जोटाले पुन एक पटक गोल गरेपछि लिभरपुलले जीत हात पार्न सफल भयो। जितसँगै लिभरपुलले ७ खेलबाट १६ अंकका साथ शिर्ष स्थानमा उक्लेको छ। छ । वेस्ट ह्याम ८ अंक सहित १३औं स्थानमा छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments