म्याड्रिडको भिल्लाडोलिडमाथी संघर्षपुर्ण जित
स्पेनिस ला लिगामा साविक विजेता रियल म्याड्रिडले रियल भिल्लाडोलिडमाथी १-० गोलको संघर्षपूर्ण जित निकालेको छ। बुधबार राती म्याड्रिडको मैदान एफ्रेडो डि स्टेफेनोमा भएको खेलमा रियललाई जित दिलाउन भिनिसियस जुनियरले गोल गरे।

बुधबार राती म्याड्रिडको मैदान एफ्रेडो डि स्टेफेनोमा भएको खेलमा रियललाई जित दिलाउन भिनिसियस जुनियरले गोल गरे। १७ औ मिनेटमा काउन्टर अट्याकमा भालभार्डेको पासमा जोभिकले हानेको बल पोस्ट नजिकैबाट बाहिरियो । ३५ औ मिनेटमा लुका मोड्रीकले मिलाएको पासमा जोभिकले हानेको बल गोलको दिशा लिन सकेन।

४८ औ मिनेटमा जोभिकको हेडिङ बल विपक्षी टोलिका गोलकिप्परले उत्कृष्ट बचाउ गरे।
६५ औं मिनेटमा म्याड्रिडका लागि भिनिसियस जुनियरले गोल गर्दै टोलिलाई खेलमा अगाडी बढाएका थिए। ६९ औ मिनेटमा भिल्लाडोलिडका गार्सियाले हानेको बल कर्टियसले बचाउ गरेपछि बराबरी गर्ने मौका चुकाएको थियो।

७३ औ मिनेटमा रुबियोले हानेको बलमा कर्टियस बाधक बने। थप समयमा दुवै टोलिबाट गोल हुन नसकेपछि खेल म्याड्रिडले जितेको थियो। जितसँगै म्याड्रिड ३ खेलमा २ जित र १ बराबरी सहित ७ अङ्कको साथ तेस्रो स्थानमा उक्लिएको छ। यस्तै लिगको अर्को खेलमा इल्चेले इबारलाई १-० गोलले पराजित गरेको छ।
