१३औं पटक फ्रेन्च ओपन च्याम्पियन बने राफेल नाडाल

फ्रेन्च ओपन टेनिसको पुरुष एकलतर्फ स्पेनिस राफेल नाडालले उपाधि हासिल गरेका छन् ।राफयल नाडाल कीर्तिमानी १३औं पटक फ्रेन्च ओपन टेनिसको च्याम्पियन बनेका छन् ।

विश्व वरीयतामा नम्बर २ रहेका स्पेनिस स्टार नाडालले पहिलो वरीयताका नोभाक जोकोभिचलाई सोझो सेटमा पराजित गर्दै १३ औं उपाधि हासिल गरेका हुन् । नाडालले ६(०, ६(२ र ७(५ को सेटमा जित हासिल गरेका हुन् । खेलको सुरुवातदेखि नै जोकोभिचमाथि नाडाल हावी भएका थिए ।

च्याम्पियन बनेसँगै नाडालले यहाँ जित्नु आफ्नो लागि सबै कुरा रहेको बताएका छन् । ‘यहाँ जित्नु भनेको मेरो लागि सबै कुरा हो । साँच्चिकै म २०औं ग्रान्डस्लाम उपाधि र रोजरको बारेमा सोच्दिन । यो केवल रोलान्ड गारोसमा जित हो । मैले यहाँ मेरो करियरमा सबैभन्दा महत्वपुर्ण पलहरु बिताएको छु,’ च्याम्पियन बनेपछि नाडालले भने,‘केवल यहाँ खेल्नु नै साँचो प्रेरणा हो । यो सहरमा मेरो प्रेम सम्वन्ध छ । यो कोर्ट मेरो लागि अविस्मरणीय छ ।’

नाडालको यो २० औं ग्रान्ड स्लाम उपाधि हो । उनले सर्वाधिक ग्राण्ड स्लाम उपाधिमा रोजर फेडेररको बराबरी गरेका छन् । रोजर फेडेररले पनि कुल २० ग्रान्ड स्लाम हात पारेका छन् । नाडालले ग्रान्ड स्लाम अन्तर्गत ४ युएस ओपन, १३ फ्रेन्च ओपन, एक अस्ट्रेलियन ओपन र दुई विम्बल्डन जितेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments