पन्जाबको सानदार जित, बैंगलोर स्तब्ध
इन्डियन प्रिमियर लिग(आईपिएल) मा रोयल च्यालेन्जर्स बैंगलोरले लज्जास्पद हार बेहोरेको छ। बिहीवार भएको खेलमा बैंगलोर किङ्स ११ पन्जाबसित ९७ रनले पराजित भएको छ। यससँगै पन्जाबको लिगमा पहिलो जित दर्ता गरेको छ। दुबई अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा टस हारी ब्याटिङको निम्तो पाएको पंन्जाबले पूरा २० ओभर खेल्दै ३ विकेटको क्षतिमा २०६ रन बनायो।

पन्जाबको लागि कप्तान राहुलले कप्तानी इनिङ्स खेल्दै ६९ बलमा १४ चौका र ७ छक्का प्रहार गर्दै सार्वधिक १३२ रन जोडे। यस्तै मयाङ्क अग्रवालले २६ रन जोड्दा पोरानले १७, म्यास्कवेलले ५ र नायरले १५ रनको योगदान गरे। बलिङमा कमजोर देखिएको बैंगलोरको लागि सिभम डुबेले २ विकेट लिदा युज्वेन्द्र चाहालले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रीएको बैंगलोर १०७ रन जोड्दा १७ ओभरमा अलआउट भएको। ओपनर देभादुत पडिक्कललाई १ रनमा गुमाएको बैंगलोर दोस्रो विकेटको रुपमा फिलेपेलाई सुन्यमा गुनायो।यस्तै कप्तान विराट कोहलीपनि १ रनमा पभिलिएन फर्किएसंगै बैंगलोर ४-३ को स्थितिमा थियो। त्यस्तै फिंच २० रन जोड्दै रवि बिस्नोनीको बलना आउट भए। लगत्तै डि भिल्लियर्सपनि १८ बलमा २८ रन जोडेर आउट भएपछी बैंगलोरको हारको नजिक पुगेकोथियो।

त्यसपछि ब्याटिङ गर्न आएका वासिङ्टन सुन्दरले २७ बलमा ३० रन जोडेर बैंगलोरलाई सम्मानजनक स्कोरमा पुर्याए। सिभम डुबेले १२ रन जोडे। पन्जाबको लागि मुरुगान अश्विन र रवि बिश्वनिले ३-३ विकेट लिए। यस्तै सेल्डन कोन्ट्रेलले २ विकेट लिदा सामी र म्याक्सवेलले समान १/१ विकेट लिए।
