नेपाली मुलकी अस्मिता आले मगर टोटेनह्याम हटस्पर मा अनुबन्ध

नेपाली मुलकी फूटबलर अस्मिता आले मगर इंग्लिस क्लब टोटेनहम हटस्परमा अनुबन्धित भएकी छिन् । १९ वर्षीय डिफेन्डर अस्मितालाई टोटेन्ह्याम ले शुक्रबार एस्टन भिल्लाबाट दुई वर्षको लागि अनुबन्ध गरेको जनाएको छ ।
इंग्ल्यान्डको यू–१९ टिमकी सदस्य समेत रहेकी अस्मिता एस्टन भिल्लाको एकेडेमी उत्पादन हुन । उनले उमेर समूहमा उत्कृष्ट प्रदर्शन गर्दै गएपछि क्लबले व्यवसायिक सम्झौता गरेको थियो । उनले २०१८ मा एस्टन भिल्ला को सिनियर टिममा डेब्यु गरेकी थिइन् । उनको पुख्र्यौली घर नेपाल मा को तनहुँ हो ।

5 1 vote
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments