लिभरपुल को अपराजित यात्रा टुंगियो

इङलिस प्रीमियर लिग अन्तर्गत गए राती सम्पन्न खेल मा बर्नली ले लिभरपुल लाई पराजित गरेको छ । लिभरपुल को घरेलु मैदानमा भएको खेल मा बर्नली ले लिभरपुल लाई १-० ले स्तब्ध पार्यो । बर्नली को जितमा एस्लि बार्न्स ले ८२ मिनेटमा पेनाल्टी मार्फत गोल गरे । खेल अबधी भर ७१ प्रतिशत बल आफ्नो पक्ष मा राखेको लिभरपुल ले बर्नली को पोस्ट मा २१ वटा शट प्रहार गरेपनी सबै बिफल भए । बर्नलि विरुद्ध को खेल पछि लिभरपुल ले लगातार कुनै पनि क्लब विरुद्ध गोल गर्न नसकेको ४ खेल भएको छ । यो नतिजा संगै लिभरपुल को घरेलु मैदानमा ६८ खेल को अपराजित यात्रा मा समेत पुर्णबिराम लागेको छ । यो हार संगै लिभरपुल १९ खेल बाट ३४ पोइन्ट को साथ लिग तालिका को चौथो स्थान मा यथाबत रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments