च्याम्पियन्स लिगको उपाधि चेल्सीलाई

युइएफए च्याम्पियन्स लिगको उपाधि चेल्सीले जितेको छ । पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको म्यानचेस्टर सिटी भने उपाधि नजिक पुगेर उपविजेतामा चित्त बुझाएको छ ।

पोर्टो स्थित स्टाडियो डो ड्रागाओ स्टेडियममा शनिबार राति भएको फाइनलमा अर्को इंग्लिस क्लब सिटीलाई १-० गोल अन्तरले पराजित गर्दै चेल्सीले उपाधि जितेको हो ।

चेल्सीको जितमा खेलको ४३औँ मिनेटमा काइ हाभार्टले गरेको एक मात्र गोल नै निर्णायक गोल बनेको थियो । यो सँगै चेल्सीले दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ । यसअघि चेल्सीले सन् २०१२ मा उपाधि जितेको थियो । चेल्सी २००८ मा पनि फाइनलमा पुगेर म्यानचेस्टर युनाइटेडसँग पराजित भएको थियो।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments