टोट्टेन्हाम स्तब्ध, एभर्टन बिजयी

आज भएको ईंग्लिश प्रेमियर लिगको तेस्रो खेलमा एभर्टनले बलियो प्रतिद्वन्दी टोट्टेन्हामलाई पराजित गरेको छ। टोट्टेन्हामको घरेलु मैदानमा सम्पन्न खेलमा एभर्टनले १-० को जीत हासिल गरेको छ। खेलको पहिलो हाल्फ गोल रहित बराबरीमा सकिएको थियो।

दोस्रो हाल्फको ५५औ मिनेटमा एभर्टनका लागि लुकस डिग्नेको अस्सिटम्मा काभर्ट लेविनले गोल गर्दै एभर्टनलाई अग्रता दिलायो। टोट्टेन्हामको खेल फितलो देखियो। एभर्टनका लागि गोलकीपर पोक्फोर्डले उत्कृष्ट बचाउ गरे।

टोट्टेन्हाम र एभर्टनको खेल दुई प्रतिष्ठित म्यानेजर जोसे मोरिन्हो र कार्लो एानसेलोटी बिचको कडा टक्करको रुपमा रहेको थियो। कार्लो एानसेलोटी अनी हामेज रोड्रीगेजको आगमन पछी एभर्टन बलियो हुने अनुमान लगाउन सकिन्छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments