मेयर कप रास्ट्रीय क्रिकेट यहि फाल्गुन २२ गते देखि हुने

काठमाडौं महानगरपालिका को आर्थिक सहयोगमा नेपाल क्रिकेट संघ ले गर्न लागेको प्रथम मेयर कप यहि फाल्गुन २२ गते देखि २९ गते सम्म हुने भएको छ । मेयर कप का खेलहरु टि यु क्रिकेट ग्राउन्ड किर्तिपुर र मुलपानि क्रिकेट ग्राउन्ड मुलपानीमा संचालन हुनेछ्न ।

प्रतियोगिता भर्खरै सम्पन्न भएको प्रधानमन्त्री कप का सेमिफाइनल मा पुगेका ४ टिम सहित कुल पाच टिम ले सहाभागिता जनाउने छन ।

नेपाल आर्मी क्लब , नेपाल पुलिस क्लब, एपिएफ र बाग्मती प्रदेश को साथै अरु बाकी ६ प्रदेश बाट मिलाएर बनाएको एक उत्कृष्ट टिम सहित ५ टिमको सहभागिता रहने छ । प्रतियोगिता गर्न को लागि काठमाडौं महानगरपालिका ले नेपाल क्रिकेट संघ क्यान लाई ५० लाख आर्थिक सहयोग गरेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments