प्रधानमन्त्री कप एकदिबसिय क्रीकेट प्रतियोगिता भोलि देखि सुरु हुँदै

प्रधानमन्त्री कप एक दिबसिय क्रीकेट प्रतियोगिता भोलि देखि सुरु हुँदै छ । भोलि देखि सुरु हुन लागेको प्रतियोगिता माघ १७ गतेसम्म त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान किर्तिपुर र मूलपानी क्रिकेट मैदान मुलपानि मा सञ्चालन हुने छ्।

प्रतियोगिता मा सात प्रदेश र तीन विभागीय टोलि सहित कूल १० टोलीले प्रतिस्पर्धा गर्दैछन् । नेपाल क्रीकेट संघ (क्यान) ले सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरेको छ । समूह ए मा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफसहित प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेश छन् ।

यस्तै समूह बी मा साविक विजेता नेपाल पुलिससहित प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश रहेका छन् । लिग चरणको खेलपछि दुवै समूहका शीर्ष दुई स्थानमा रहने टिम सेमिफाइनल पुग्नेछन् । प्रतियोगिताको उद्घाटन खेलमा शुक्रबार त्रिभुवन आर्मी र गण्डकी प्रदेशबीच खेल हुनेछ । खेल टीयू मैदान किर्तिपुर मा हुनेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments