म्यान्चेस्टर युनाईटेड को महत्त्वपूर्ण जित
इङलिस प्रीमियर लिग अन्तर्गत भर्खरै सकिएको खेल मा म्यान्चेस्टर युनाईटेड ले एभर्टन लाई ३-१ गोल अन्तर ले पराजित गर्दै महत्त्वपूर्ण ३ अंक बटुलेको छ ।

म्यान्चेस्टर युनाईटेड को जित मा पोर्चुगिज मिड्फिल्डर ब्रुनो फर्नान्डेज ले २ गोल गरे भने यसै सिजन म्यान्चेस्टर युनाईटेड आएका इडिन्सन काभानी ले क्लब को लागि पहिलो गोल गरे ।
एभर्टन को घरेलु मैदान गूडिसन पार्क मा भएको खेल मा अग्रता भने घरेलु टोलि एभर्टन ले लिएको थियो ।उसका लागि खेल को १९ औ मिनेटमा बनार्ड ले गोल को खाता खोलेका थिए तर त्यो अग्रता धेरै समय सम्म टिक्न सकेन ।

खेल को २५ मिनेटमा म्यान्चेस्टर युनाईटेड ले खेल बराबरी गर्यो भने खेल को ३२ औ मिनेटमा ब्रुनो ले नै अर्को गोल गर्दै २-१ अग्रता बनाउन सफल भए ।त्यसपछी दोश्रो हाफ को इन्जुरी समय मा काभानी ले गोल गर्दै ३-१ महत्त्वपूर्ण जित दिलाउन सफल भए ।
यस खेल पछि म्यान्चेस्टर युनाईटेड ७ खेल बाट १० अंक बटुल्दै लिग तालिका को१३ औ स्थान मा उक्लन सफल भएको छ।
