बलात्कारीलाई फाँसी दिनुपर्ने माग गर्दै दुई बहिनीहरू सडकमा

काठमाडौंको माइतिघरमा बझाङकी १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको भन्दै बलात्कारीलाई फाँसीको सजाय दिनुपर्ने माग गर्दै शनिबार दुई विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् ।

‘बलात्कारीलाई फाँसी दे’ मलाई माया गर बलात्कार होइन, बलात्कारीलाई फाँसी दे नारा लेखिएको ब्यानरसहित दुबै जना सडकमा धर्नामा बसेका थिए । यसैबीच सम्झना हत्याको दोषीलाई कडा कारवाही गर्नुपर्ने , कानूनी राज्यको प्रत्याभूति गर्नुपर्ने, श्रृखलाबद्ध घटनाको अन्त्य हुनुपर्ने लगायतका माग राख्दै संयुक्त दलित युवा संघर्ष समितिले पनि शनिबार माइतिघरमा प्रदर्शन गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments