देशका विभिन्न क्षेत्रहरुमा भयानक हावाहुरी

काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रहरुमा भयानक हावाहुरी आएको छ ।राजधानीमा बिहीबार राति भयानक हावाहुरी आएको हो । काठमाडौंमा राति ९ बजेदेखि हावाहुरी चलेको जनाइएको छ ।

हावाहुरीबाट के कति क्षति भयो भन्नेबारे जानकारी आइसकेको छैन ।कतिपय यात्रामा भएका अथवा घरबाहिर भएकाहरु नराम्ररी प्रभावित भएको जनाइएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको दक्षिण पश्चिमबाट मेघ गर्जन र चट्याङ सहित वर्षा गराउने बादल विकसित भई रहेको छ ।उक्त बादल उत्तरपूर्व तिर सर्ने क्रममा हावाहुरी आएको अनुमान गरिएको छ । हुरीले राजधानीको अधिकांश स्थानमा बिजुली कटौती भएको पनि जानकारी गराइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments