पचली भैरवको जात्रा पीपीई लगाएर सम्पन्न

काठमाडौं टेकुको पचली भैरव जात्रा नेवार समुदायको सबैभन्दा ठूलो पर्व हो। यो वर्षको जात्रामा सहभागीहरुले कोरोना भाइरसबाट जोगिन व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) लगाएर गरेका छ्न।

भैरवको रथ बोक्ने सबैले पहेँलो रङको पीपीई लगाएका थिए । कोरोना भाइरसको महामारीका कारण जात्रा, मेलामा धेरै सहभागी हुन प्रशासनले कडाइ गरेको छ।जात्रामा सहभागी सबैले मास्क र भाइजरसमेत लगाएका थिए । तर मानिसहरुको ठूलो संख्या कारण भौतिक दूरी भने कायम थिएन ।

जात्रा सम्पन्न हुने दिनलाई नेपाल भाषामा ‘पचिमह्र’ भनिन्छ । पचिमह्रः अर्थात पञ्चमीका दिन जात्रा गरिने यो भैरव नेवार समाजभित्र विशेष गरी ज्यापु तथा मल्ल जातिबाट पुर्खादेखि सञ्चालन हुँदै आएको छ ।

पचली भैरवको जात्राले पचली पीठ, टेकु, पुखुसी, इनाखा, गोफ, लगं ज्याबहाः, न्हूघः, चिकंमुगः, मरु, हनुमानध्वाखा, दलाछी, ब्रम्हत्वाः, श्वेतभैरव, यंगाः द्यःछेँ परिक्रमा गर्ने प्रचलन छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments