साझा र विवेकशील को फेरि एकता हुँदै

विवेकशील नेपाली दल र साझा पार्टीले फेरि एकीकरण गर्ने गृहकार्य गरेका छन्। एक वर्ष अगाडि आन्तरिक द्वन्द को कारण ले गर्दा टुक्रा भएको बिबेकशिल साझा पार्टी फेरि एक हुन लागेका हुन ।


एकीकरणका लागि दुबै पार्टीले गठन गरेका राजनीतिक संवाद समितिले वार्ताका निष्कर्षसहित संयुक्त प्रतिवेदन गत असोज २९ गते पार्टीका संयोजकहरूलाई बुझाइसकेका छन ।

एकीकरणका लागि भएको वार्ताका निष्कर्षहरू ‘संयुक्त प्रतिवेदन’का रूपमा साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेलाई बुझाएका हुन्।


आजै साझा पार्टीका संयोजक र विवेकशील नेपाली दलका अध्यक्षले आआफ्नो पार्टीको संघीय/केन्द्रीय समितिमा उक्त प्रतिवेदन प्रस्तुत गरेका छन्।


एकता पछि हुने नया पार्टी मा बिबेक शिल का मिलन पान्डे र साझा का रबिन्द्र मिश्र दुई अध्यक्ष हुने सम्भावना धेरै रहेको श्रोत को दाबी छ।


साझा पार्टि का प्रभाबशाली नेता मुमाराम खनाल र डा: सुर्यराज आचार्य ले भने यस अघि नै साझा पार्टी छोडिसकेका छ्न।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments