थप ६९५१ जनामा कोरोना संक्रमण, एकै दिन ९८४१ जना संक्रमणमुक्त
काठमाडौँ । नेपालमा थप ६९५१ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ६८५५ र एन्टीजेन परिक्षणबाट ९६ गरि कुल ६९५१ जना संक्रमित थपिएको जानकारी दिएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ९ हजार ८४१ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ७८.१ रहेको मन्त्रालयले जनाएको छ ।
देशभर अहिले ८०९ जना क्वारेन्टाइनमा छन् भने पछिल्लो २४ घण्टामा १९ हजार ३१३ पिसिआर परिक्षण भएको छ ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या एक लाख १३ हजार ३९४ पुगेका छन् ।
त्यस्तै अहिले देशभर संस्थागत आइसोलेसनमा ७ हजार ९५० जना रहेका छन् भने होम आइसोलेसनमा एक लाख ५ हजार ४४४ रहेका छन् ।
त्यस्तै अहिले नेपालमा १६२७ जना कोरोना संक्रमित आइसीयुमा उपचारत रहेका मध्ये ४५० जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ९६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार नाघेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७०४७ पुगेको छ ।
काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा २३२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो २४ घण्टाको अपडेट अनुसार काठमाडौँ जिल्लामा १७९६ जना, भक्तपुरमा २१३ र ललितपुरमा ३१५ जनामा कोरोनामा कोरोना पुष्टि भएको छ ।