त्रिवि शिक्षण अस्पतालकी स्वास्थ्यकर्मीको कोरोनाबाट मृत्यु

त्रिवि शिक्षण अस्पतालकी ५७ वर्षीया स्वास्थ्यकर्मीको कोरोना भाइरसका कारण मृत्यु भएको छ। मृतक अस्पतालमा वार्ड एटेन्डेन्ट थिइन्। उनमा स्वास्थ्यकर्मीमा दम र थाइराइडको पनि समस्या थियो।

उनमा संक्रमण पुष्टि भएपछि भने निमोनियाको पनि समस्या देखिएकाले असोज ३ गते आइसियूमा भर्ना गरिएको थियो। पछि भेन्टिलेटरबाट निकालिए पनि उनको स्वास्थ्यमा सुधार देखिएको थिएन।

उनको मंगलबार बिहान सवा सात बजे मृत्यु भएको अस्पतालका कोभिड टिमका सदस्य डा. सविन थपलियाले जानकारी दिएका छन।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments