अर्थमन्त्री डा. युवराज खतिवडाले दिए राजिनामा

अर्थमन्त्री  डा. युवराज खतिवडाले पदबाट राजिनामा गरेका छन् । उनले पछिल्लो पटक सञ्चार मन्त्रालयको पनि जिम्मेवारी सम्हालिरहेका थिइ । आजको मन्त्रिपरिषदमा सहभागी भएपश्चात् उनले राजिनामा दिएका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजिनामा बुझाएका हुन् । राजिनामा बुझाउनु अघि  अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा उनी सहभागी भएका थिए । मन्त्री खतिवडाले आफूले जग बसालेर बिदाइ भए पनि त्यसलाई निरन्तरता दिने जिम्मेवारी कर्मचारीमा रहेको समेत बताएका छन् । अर्थमन्त्री खतिवडा साढे दुई वर्ष कार्यभार सम्हालेर बिदा भएका हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments