आज नेपालमा ९०२ जनामा कोरोना भाइरसको संक्रमण,उपत्यकामा ३९६ जना संक्रमित

आज मात्रै नेपालमा ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ६११ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ  ।

काठमाडौं उपत्यकाकामा थप ३९६ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ३००, र ललितपुरमा ३८, भक्तपुरमा ५८जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै काठमाडौंमा कुल संक्रमितको संख्या ६ हजार ९१७ पुगेको छ भने ललितपुरमा ९३९ र भक्तपुरमा ७२४ जना छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments