बाबुराम भट्टराईले लगाएको आरोप कपोकल्पित नारायण काजी श्रेष्ठ
ने .क .पाका प्रबक्ता नारायण काजी श्रेष्ठले पुर्ब प्रधानमन्त्री डा भट्टराईले आफ्ना पार्टी अध्यक्ष तथा प्रधानमन्त्री के.पि शर्मा ओलि र अर्का अध्यक्ष पुष्प कमल दाहाल लाई लगाएको आरोप पुरै कपोकल्पित भएको बताएका छ्न।
आफ्नो व्यक्तिगत सचिवालय मार्फत आज प्रेस बिज्ञप्ति जारी गर्दै भने का छ्न ” केही दिन अघि बुढी गण्डकी परियोजना मा अरबौ रकम घुस लिएको भनी सार्वजनिक रूपमा प्रकट गरेको अभिव्यक्ति बिल्कुल आधारहिन झुट गलत र कपोकल्पित एबम दुरासापुर्ण रहेको नेपाल कम्युनिस्ट पार्टी त्यस लाई पुरै खारेज गर्दै घोर भ्रत्सना गर्दछ “। उनले लेखेका छ्न।
देशको त्यति ठूलो पद मा पुगिसकेको व्यक्तीबाट यस प्रकारको आपत्ती जनक र गैर जिम्मेवार अभिव्यक्तिका निम्ति सार्वजनिक क्षमा याचना हुनु पर्ने मा जोड दिएका छ्न। केही दिन अघि एउटा सार्बजनिक कार्यक्रममा बोल्दै पुर्ब प्रधानमन्त्री बाबुराम भट्टराईले के पि ओलि प्रचण्ड र शेर बहादुर देउबा मिलेर अरबौ पैसा घुस खाएको आरोप लगाएका थिए।