प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सानु शिवा पहाडीको निधनप्रति दुःख व्यक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य सानु शिवा पहाडीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाले आफ्नो अफिसियल टुइटर ह्यान्डल् बाट टुइट गर्दै भन्नू भएको छ “हाम्रो पार्टी नेकपाका तर्फबाट प्रतिनिधिसभा सदस्य, संस्कृतिकर्मी पहाडीको असामयिक निधन भएकोमा दुःख लागेको छ”, “उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त आफन्त र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।”

धेरै लामो समयदेखि मिर्गाैला र मुटु रोग को समस्याबाट पीडित साम्सद पहाडी को आज उपचारका क्रममा काठमाडौं मेडिकल कलेजमा निधन भएको हो । उहाँ २०७४ सालमा भएको निर्वाचनमा समानुपातिकतर्फ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)बाट सङ्घीय संसद्मा निर्वाचित हुनुभएको थियो।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments