पछिल्लो २४ घण्टामा ६७१४ कोरोना संक्रमित,१४५ जनाको मृत्यु

काठमाडौँ । नेपालमा थप ६७१४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ६६७७ र एन्टीजेन परिक्षणबाट ३७ गरि कुल ६७१४ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ७१६ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ७६.९ रहेको मन्त्रालयले जनाएको छ ।

देशभर अहिले ८५३ जना क्वारेन्टाइनमा छन् भने पछिल्लो २४ घण्टामा १९ हजार ३० पिसिआर परिक्षण भएको छ । 

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या एक लाख १७ हजार ७७ पुगेका छन् ।त्यस्तै अहिले देशभर संस्थागत आइसोलेसनमा ८ हजार ४५७ जना रहेका छन् भने होम आइसोलेसनमा एक लाख ८ हजार ६२० रहेका छन् ।

त्यस्तै अहिले नेपालमा १६७१ जना कोरोना संक्रमित आइसीयुमा उपचारत रहेका मध्ये ४३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा १४५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ६८४५ पुगेको छ ।

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १४९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो २४ घण्टाको अपडेट अनुसार काठमाडौँ जिल्लामा १११३९ जना, भक्तपुरमा ११३ र ललितपुरमा २४१ जनामा कोरोनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै काठमाडौँ उपत्यकामा आजसम्म कुल २७ हजार ७३२ सक्रिय संक्रमित रहेका छन् । जसमा काठमाडौँ १६ हाजर ६३ सक्रिय संक्रमित रहेका छन् भने भक्तपुरमा ४ हजार ७४० छन् भने ललितपुरमा ६ हजार ९२९ सक्रिय संक्रमित रहेका छन् ।  

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments