प्रधानमन्त्रीले पाएनन् विश्वासको मत, ओली स्वतः पदमुक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को विश्‍वास गुमाउनु भएको छ । प्रधानमन्त्री ओलीले सरकारप्रति संसदको विश्वासको मत लिन प्रतिनिधिसभामा प्रस्तुत गर्नु भएको प्रस्तावको पक्षमा ९३ परेको र विपक्षमा १२४ मतले अस्वीकृत भएको हो ।

आजको मतदानमा २३२ जना सांसद हुनुहुन्थ्यो । सभामुख अग्नि सापकोटाले सो कुराको घोषणा गर्नु भएको हो । कोरोना संक्रमित सांसदहरुलाइ भने बेग्लै स्थानमा मतदानको व्यबस्था गरिएको थियो ।

कुल सांसद संख्या २७५ आज उपस्थित संख्या २३२ पक्षमा ९३ विपक्षमा साँसद १२४ तटस्थ सांसद १५ रहनु भएको छ ।

यो सँगै प्रधानमन्त्री ओली पदमुक्त हुनु भएको छ । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त हुनु भएको हो ।

5 1 vote
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments