मध्यबानेश्वरको ग्लोबल आईएमई बैंकका गार्डमाथि खुकुरी प्रहार

मध्यबानेश्वरको ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार गरिएको छ। मध्यबानेश्वरको ग्लोबल आईएमई बैंकका सुरक्षा गार्ड रुद्रबहादुर गुरुङमाथि एक ग्राहकले खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट गुरुङ घाइते भएका छन् ।

बैंकमा भिडभाड भएपछि सुरक्षा गार्डले लाइन मिलाउने क्रममा विवाद भएको थियो । त्यसक्रममा एक ग्राहकले सुरक्षा गार्डको खुकुरी निकालेर उनैलाई खुकुरी प्रहार गरेको काठमाडौंका प्रहरी प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

खुकुरी प्रहार गर्ने व्यक्तिको पहिचान भइसकेको प्रहरीले बताएको छ । खुकुरी प्रहारबाट घाइते सुरक्षा गार्डको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको हातमा चोट लागेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments