नेपाललाई रुसले २ करोड ५० लाख डोज कोरोना खोप उपलब्ध गराउने

 कोरोना महामारी रोक्नका लागि रसियाले आफूले उत्पादन गरेको कोराना खोप ‘स्पुतनिक भी’ नेपाललाई दिने भएको छ । रुसले सकेसम्म छिटो नेपाललाई उपलब्ध गराउन तयार रहेको जानकारी दिएको छ ।

अन्तराष्ट्रिय समाचार संस्था रोयर्टर्सले रसियाको विदेश मन्त्रालयलाई उद्धृत गर्दै २ करोड ५० लाख डोज खोप उपलब्ध गराउन तयार रहेको जानकारी दिएको छ । केही महिनायता रसियाले आफू नेपाललाई खोप उपलब्ध गराउन तयार रहेको बताइरहेको छ ।

केही दिन अगाडि स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले पनि भारत, चीन, रसिया लगायतका मुलुकहरुसँग खोपको बारेमा कुराकानी भइरहेको बताउनु भएको थियो । काठमाडौंस्थित रसियाली राजदूतावास पनि नेपाललाई खोप उपलब्ध गराउन लागिपरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments