रातो मच्छिन्द्रनाथलाई भदौ २९ गते बुङ्मती लगिने

मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिकिरण र पूर्णमङ्गल जोशीले यही भदौ २२ गते निकाल्नुभएको साइतअनुसार यही भदौ २९ गते मच्छिन्द्रनाथलाई बुङ्मती लगिने भएको हो।
सो दिन लोकेश्वरको सामान्य पूजाआजा गरेर त्यसपछि रथ बुङ्मती लगिने छ । गुरुज्यूको पल्टन र सुरक्षाकर्मीसहित पानेजुले खटमा बोकेर मच्छिन्द्रनाथलाई बुङ्मती लानेछन्।

यस वर्ष मच्छिन्द्रनाथ रथयात्रा गरेर विगतका वर्षझै गाःबहाल हुँदै मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल पुर्याउन सम्भव नभएकाले बुङ्मतीको हयंग्रीव भैरव र वृष्टिदेवलाई पानेजुहरुले यही भदौ १८ गते नै क्षमापूजा गरिएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments