संखुवासभामा प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान

संखुवासभा– संखुवासभाको चैनपुर ४ मैदानेमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको छ ।

दोहोरो गोली हानाहान भए पनि कुनै अप्रिय घटना नघटेको प्रहरीले जनाएको छ ।

दिउँसो ३ बजेदेखि चन्द समूह कार्यकर्ता र प्रहरीबीच भिडन्त भएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले जानकारी दिए ।

गस्तीमा रहेको प्रहरीलाई उनीहरुले आक्रमणको प्रयास गरेपछि प्रहरीले गोली चलाएको उनले जानकारी दिए । प्रहरीले गोली चलाएपछि उनीहरुले बिस्फोटक पदार्थ छाडेर जंगलतिर भागेका थिए । प्रहरीले उनीहरुको खोजी जारी राखेको जनाएको छ ।

चन्द समूह कार्यकर्ताले गोली चलाएपछ प्रहरीले पनि जवाफी फायरिङ गरेको प्रजिअ आचार्यले जनाए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments