आज एकैदिन ४३६४ जनामा कोरोना संक्रमण,उपत्यकाकामा थप २५४०

आज नेपालमा एकैदिन ४३६४  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एकै दिन थपिएकाे याे संख्या अहिलेसम्मकै उच्च हाे।  त्यस्तै पछिल्लो २४ घण्टामा  २,६७५ जना कोरोनाबाट निको भई घर फर्किएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ७१,३४३ पुगेको छ।

काठमाडौं उपत्यकाकामा थप  २५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंमा  २०८५ , ललितपुरमा ३२० ,भक्तपुरमा १३५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हालसम्म संक्रमित हुनेको संख्या ९८,६१७ पुगेको छ। देशभर हाल सक्रिय संक्रमितको संख्या  २६,६८४ रहेको छ। पछिल्लो २४ घण्टामा मृतक १२ जनामा कोरोना पुष्टि भएको छ। मृत्यु हुनेको संख्या ५९० पुगेको छ। 

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments