रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा पक्राउ परेका ६ जनामा कोरोना सङ्क्रमण

पुल्चोकमा गत बिहीबार रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा पक्राउ परेका ६ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप भएपछि पक्राउ परेका १९ जनामध्ये ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ललितपुर प्रहरीका एक अधिकृतका अनुसार हाल पक्राउ परेका व्यक्तिलाई पिसीआर परीक्षण गर्नुअघि क्वारेन्टिनमा राख्ने गरिएको छ । घटनापछि प्रशासन र स्थानीयबीच भएको छलफलले सामाजिक दूरी र स्वास्थ्य सावधानी अपनाएर शनिबार क्षमा पूजा र आइतबार रथ तानिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments