ललितपुरका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई बिहीबार दिउँसो १०२ फरेनहाइट ज्वरो आएको थियो । उनको स्वास्थ्य अवस्था केही बिग्रिएपछि उनले पाटन अस्पातलमा स्वाब दिएका थिए। त्यसको रिपोर्ट शुक्रबार पोजिटिभ आएको हो । 

हाल मेयर महर्जनलाई घाँटी दुख्ने, जिउ दुख्ने, टाउको दुख्ने लक्षण देखिएको छ । कोरोना संक्रमण पुष्टि भसपछि मेयर महर्जन बखुण्डोलस्थित आफ्नै निवासमा आइसोलेसनमा बसेका छन् ।  यसअघि काठमाण्डौ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यलाई पनि कोरोना संक्रमण भएको थियो । हाल उनी निको भइसकेका छन् । 

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments