नेपाल इञ्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष न्यौपाने पक्राउ

काठमाडौँ: ३ करोड रूपैयाँभन्दा बढी रकम ठगीको आरोपमा नेपाल इञ्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष लम्बोदर न्यौपाने पक्राउ परेका छन् ।

नेपाल इन्जिनियरिङ कलेजले ३ करोड ७१ लाख रुपैयाँ ठगेर न्यौपाने सम्पर्कबिहिन भएको उजुरी दिएपछि उनलाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का निर्देशक डीआईजी सहकुल थापाले जानकारी दिए ।

उनलाई बुधबार दिउँसो काठमाडौंबाट पक्राउ गरिएको थापाले जानकारी दिए । न्यौपानेमाथि थप अनुसन्धान भइरहेको छ ।

तत्कालीन अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई ७० लाख रुपैयाँ घुस दिएको प्रकरणमा पनि न्यौपाने मुछिएका थिए  । रामेछाप मन्थली नगरपालिका-८ का न्यौपाने हाल काठमाडौं-४ चण्डोल बसोबास गर्दै आएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments