आज एकैदिन ५७४३ जनामा कोरोना संक्रमण

आज नेपालमा ५७४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एकै दिन थपिएको यो संख्या अहिलेसम्मकै उच्च हो। हालसम्म संक्रमित हुनेको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ। हालसम्म कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या ९९, ६०५ रहेको छ।

पछिल्लो २४ घण्टामा मात्र २९९६ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर हाल सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ रहेको छ। थप मृतक २६ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। कोरोनाबाट मृत्यु हुनेको संख्या ७९१ पुगेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments