आज १९४५ जनामा कोरोना संक्रमण,उपत्यकामा ११०७ जना

आज नेपालमा १९४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म संक्रमित हुनेको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ११०७ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ८६२, ललितपुरका १७४ र भक्तपुरका ७१ जना छन् ।

पछिल्लो २४ घण्टामा मात्र ५३६४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।हालसम्म कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या १ लाख ९१ हजार २रहेको छ। देशभर २४ हजार ६६५संक्रिय संक्रमित छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या १२९८ पुगेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments