रामकुमारी झाँक्री रिहा

काठमाडौं । बिहीवार बिहान पक्राउ परेकी नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री २४ घण्टा नबित्दै रिहा भएकी छिन। राष्ट्रपति विद्यादेवी भण्डारीलाई लिएर गरेको व्यक्तिगत टिप्पणीका कारण झाँक्रीलाई प्रहरीले निवासबाटै गिरफ्तार गरेको थियो ।

मीनभवनस्थित महाशाखाको कार्यालयमा झण्डै साढे ५ घण्टा राखेर साँझ रिहा गरिएको हो । रिहाइपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै झाँक्रीले आफू विना शर्त रिहा भएको स्पष्ट पारीन। प्रतिगमनविरुद्ध आन्दोलनलाई उत्कर्षमा पुर्‍याउन भूमिका खेलेका कारण आफूलाई दु’व्यर्व’हार गर्ने प्रयासस्वरुप पक्राउ गरिएको झाँक्रीको बुझाई रहेको छ ।

झाँक्रीलाई केहीबेर राखेर हिरासतमुक्त गरिएको हो । प्रहरी हिरासतबाट रिहा भएपछि झाँक्रीले प्रतिगमन झुक्ने प्रक्रिया सुरु भएको प्रतिक्रिया दीईन। महानगरीय अपराध महाशाखाको टोलीले राज्य विरुद्धको कसुरमा अनुसन्धानका लागि भन्दै जरुरी पक्राउ पूर्जी थमाएर बिहीबार विहान पक्राउ गरेको थियो।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments