क्याप्टेन विजय लामा भन्छन्- कोरोना सामन्य रोग होइन

नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाको कोरोना संक्रमणका कारण स्टार अस्पतालमा उपचार भइरहेको छ । उनले एक भिडियो सन्देश जारी गर्दै कोरोनालाई सामान्य रुपमा नलिन आग्रह गरेका छन्। उनले सबैलाई आफ्नो सुरक्षामा नचुक्न पनि आग्रह गरेका छन्।

आफ्नो स्वास्थ्यमा उल्लेख्य सुधार भएको जानकारी दिँदै उनले आफू स्वस्थ्य भइरहेको र रोग जसलाई पनि लाग्न सक्ने भन्दै कोरोना लाग्दैमा नआत्तिन पनि आग्रह गरेका छन्। कोरोनाविरुद्ध दुई हप्तादेखिको लडाइँमा आफ्नो स्वास्थ्यमा धेरै सुधार भएको उनले जानकारी दिएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘एकदम जटिल अवस्थाबाट पार भै पुनः स्वस्थ बन्दै छु । अबको केही दिनपछि डिस्चार्ज हुने आशा राखेको छु ।’ उनले लेखेका छन्, ‘ मेरो बिनम्र अनुरोध सबैमा बिनती छ यो कोविड लाई हल्का न लिनु होला! आफ्नो सुरक्षा मा कतै न चुक्नु होला । यो सामन्य रोग होइन! यस्ले ज्यान लिन सक्छ!’ साथै आफ्नो स्वस्थ्य उपचारमा संलग्न चिकित्सकलाई पनि क्याप्टेन लामोले धन्यवाद दिएका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments