कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि श्रम स्वीकृति बन्द

वैदेशिक रोजगार कार्यालय, ताहाचलका एक जना कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि श्रम स्वीकृति ठप्प भएको छ। मंगलबार कार्यालयका कम्प्युटर अपरेटरलाई कोरोना पोजेटिभ देखिएकोले सेवा रोकिएको यातायात व्यवस्था विभागका महानिर्देशक कुमार प्रसाद दाहालले जानकारी दिएका छन।

‘उहाँ अहिले ‘होम आइसोलेसन’मा हुनुहुन्छ। ३ दिन पछि सबै कर्मचारीको पिसिआर टेष्ट गराउनको लागि हामीले स्वास्थ्य सेवा विभागमा समन्वयन गरिसकेका छौं,’ उनले भने। कुन मोडालिटीमा सेवा दिने भनेर सबैको रिपोर्ट आएपछि तय गरिने उनले जानकारी दिएका छन।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments