देशभर थप २५५९ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप २५५९ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँचजनाको मृत्‍यु भएको छ । पछिल्लो २४ घण्टामा ४१० जना संक्रमणमुक्त भएका छन्

हाल देशभर कोरोना भाइरसका १४ हजार सात सय २४ सक्रिय संक्रमित रहेका छन् । योसँगै कोरोना संक्रमणबाट डिस्चार्ज हुनेको संख्या २ लाख ७६ ७सय ५५ पुगेको छ ।

उपत्यकामा थप ९४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ७६० जना, भक्तपुरमा ७४ जना र ललितपुरमा १०६ जना कोरोना संक्रमित भेटिएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments