छोरा आइसोलेसनमा, बुवाको कोरोना संक्रमणबाट मृत्यु

पुतलीबजार नगपालिका-१४ स्थायी घर भई पुतलीबजार-१ मा बस्दै आएका ८५ वर्षीय एक वृद्धको पोखरामा उपचारका क्रममा कोरोना संक्रमणका कारण शनिबार मृत्यु भएपछि मृत्कका ४८ वर्षीय छोरा बुवाको काजकिरिया गर्नबाट समेत वञ्चित भएका छन् ।

लामो समयदेखि दमको बिरामी रहेका बुवालाई उपचारका लागि यही भदौ २१ गते पोखरा लिएर गएका छोराले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा बुवाको कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएपछि आइसोलेसनमा राखेर बुवाको रेखदेखमा खटिएका थिए ।

बुवाको उपचार चलिरहेकै समयमा भदौ २२ गते छोराको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएपछि बाहिरी रेखदेखका लागि आफन्तका भरमा बुवालाई अस्पतालमै छाडेर चिकित्सकको सल्लाहमा जिल्ला फर्किएर स्थानीय कालिका सामुदायिक अस्पताल हेलुको आइसोलेसनमा रहेका छोरा बुवाको मृत्यु भएपछि थप पीडामा परेका छन् भने बुवाको काजक्रिया गर्नबाट समेत वञ्चित हुनुपरेको छ ।

मृतकको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङको काम शुरु गरिएको र परिवारका सदस्यको स्वाब सङ्कलनको तयारी गरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments