काठमाडौं उपत्यकामा १७०२जनामा कोरोना संक्रमण

आज नेपालमा ३०९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म संक्रमित हुनेको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ। हालसम्म कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या ९६,६०९ रहेको छ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १७०२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौका   १४३१ जना, ललितपुरका  १२३  र भक्तपुरका  १४८  जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

पछिल्लो २४ घण्टामा मात्र  २१०८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर हाल सक्रिय संक्रमितको संख्या  ४१,७७५ रहेको छ। थप मृतक ८ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। कोरोनाबाट मृत्यु हुनेको संख्या ७६५ पुगेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments