वरिष्ठ पाइलट विजय लामालाई कोरोना संक्रमण

नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामालाई कोरोना संक्रमण भएको छ ।

हिजो ललितपुरको स्टार अस्पतालमा स्वाब दिएका लामाको आज पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । उनीसँगै जहाज उडाएका अर्का पाइलट उदय कोल्हात्करलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

लामा र कोल्हात्करले वाइडबडी जहाज शान्ति मिसनमा खटिएको नेपाली सेनाको टोलीलाई तीन दिन अगाडि दक्षिण सुडान लगेका थिए । दुबै पाइलट होटल सोल्टीको आइसोलेसनमा रहेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments