भायानेटले ल्यायो, सुपथ मूल्यमा फेरि अर्को उच्च स्पीडको इन्टरनेट प्लान

नयाँ वर्ष २०२२ को उपलक्ष्यमा भायानेटले ल्याएको छ मिनी इन्टनेट प्लानहरु, जसले थोरै इन्टरनेट प्रयोग हुने घरहरुमा सुपर-फाष्ट इन्टरनेट सस्तोमा प्रदान गर्नेछ । नयाँ वर्ष २०२२ को उपलक्ष्यमा भायानेटले ल्याएको छ मिनी इन्टनेट प्लानहरु, यस मिनी प्लान अन्तर्गत, भायानेटले ल्याएको छ Mini-75 प्याक, जसमा वार्षिक ग्राहक बनी मात्र रू. ८०० प्रति महिनामा ग्राहकहरुले पाउनुहुनेछ, ७५ एमबिपिएको सुपर-फाष्ट इन्टरनेट!

नयाँ वर्षको अफर अन्तर्गत भायानेटले एनसेल सिम पनि निःशुल्क प्रदान गर्नेछ । यस सिम मार्फत ग्राहकहरुले प्रत्येक महिना ४ जीबीका दरले एक वर्षसम्म कुल ४८ जीबी मोबाइल डाटा पाउनुहुनेछ।

त्यस्तै गरी, यो सिम मार्फत ग्राहकहरुले अन्य एनसेल नम्बरमा कल गर्नका लागि मासिक ५० मिनेट टक टाइम, मासिक ५० वटा एसएमएस, भायानेटको कल सेन्टरमा महिनाको ५० मिनेट निःशुल्क कल र भायानेट एप चलाउन महिनाको १ जीबी थप निःशुल्क मोबाइल डाटा जस्ता उत्कृष्ट र उपयोगी सुविधाहरु पनि पाउने छन् ।

भायानेटले दुई हप्ता अघि मात्र अल्ट्राफाई लाइनको प्रोडक्टहरु पनि ल्याएको थियो, जुन इन्टरनेट प्लानले आफ्नो प्रयोगकर्तालाई उच्चतम इन्टरनेट स्पीड न्यूनतम मूल्यमा प्रदान गर्ने वाचा गरेको थियो । यस अल्ट्राफाई प्रोडक्ट लाइनहरुको विशेषता भनेको वार्षिक सदस्यता लिँदा मात्र रू. १२५० प्रति महिनामा १७५ एमबिपिएस इन्टरनेट प्लानका साथै २ वटासम्म भायाटिभीे प्याकेजको सदस्यता निःशुल्क पाइन्छ ।

मिनी इन्टरनेट प्रोडक्ट लाइनका साथ भायानेटले आम जनमानस मात्र नभई उच्च स्पीड इन्टरनेट चाहिने तर कम इन्टरनेट प्रयोग हुने सीमित मार्केटको आवश्यकता पूरा गर्दछ ।

अधिक जानकारीका लागिः https://www.vianet.com.np/mini/

भायानेट, नेपालभरि व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र टेलिभिजन सेवा प्र्रदायक हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments