ईंग्लिश प्रिमियर लिग आज बाट सुरु हुँदै
बिश्व कै सर्बाधिक चर्चित र लोकप्रिय फूटबल लिग ईंग्लिश प्रिमियर लिगको २०२१/२२ सिजन आज बाट सुरु हुँदैछ । सन १९९३ बाट सुरु भएको आधुनिक प्रेमियर लिग को २८ औ सिजन आज बाट सुरु हुन लागेको हो । लिगको पहिलो खेलमा आज आर्सनल र ७४ बर्षपछि शिर्ष डिभिजन मा बढुवा भएको अर्को लन्डन क्लब ब्रेन्टफोर्ड बिच खेल हुँदै छ । लण्डन स्थित ब्रेन्टफोर्ड सामुदायिक रंगशालामा हुने यस खेल नेपाली समय अनुसार रातीको १२:४५ बजेबाट सुरु हुनेछ। आधुनिक प्रिमियर लिग सुरु भएपछि सबैभन्दा बढी १३ पटक लिग को उपाधी म्यान्चेस्टर युनाईटेड ले जितेको छ भने म्यान्चेस्टर सिटी र चेल्सी ले ५/५ पटक लिग जितेका छ्न
Subscribe
Please login to comment
0 Comments