जन्मदिन विषेश: भुवन केसी

नेपाली चलचित्रका सुपरस्टार हुन भुवन केसी। ८०-९० को दसकमा भुवन केसीले नेपाली चलचित्र क्षेत्रमा एक छत्र राज गरे। रेडियो नेपालबाट करियर सुरु गरेका भुवन केसीले चलचित्र जुनी बाट नेपाली सिने क्षेत्रमा पाईला रखेका हुन। तेस्पछी चलचित्र सम्झनाबाट भुवन केसीले औधी सफलता प्राप्त गरे। उनको नाममा कुसुमे रुमाल, सन्तान, कन्यदान, चिनो, दुई थोपा आशु, दक्षिणा, करोड्पती, नेपाली बाबु, सुपरस्टार जस्ता ब्लकब्लस्टर चलचित्रहरु रहेका छन।

३ दशक भन्दा लामो समय नेपाली चलचित्र क्षेत्रमा बिताएका उनी अभिनेता हुँदै निर्माता निर्देशक बनिसकेका छन् । भुवन केसीको निर्देशनमा बनेको पहिलो चलचित्र ड्रिम्स सफल रह्यो। ‘ड्रिम्स’ बक्स अफिसमा सुपरहिट भयो । भुवन केसीको लूक्स, पेर्सनालिटीमा नै फ्यानसहरु आकर्शित हुन्थे।

नेपाली चलचित्रका हान्ड्सम, सुपरस्टार भुवन केसीले आज आफ्नो जन्मदिन मनाउदै छन। भुवन केसीलाई छोरा अनमोल केसीले जन्मदिनको विषेश शुभकामना दिएका छन।  भुवन केसीलाई जन्मदिनको अवसरमा उनका सहकर्मी, फिल्मकर्मी तथा शुभचिन्तकले जन्मदिनको शुभकामना दिइरहेका छन् । सदावहार अभिनेता  भुवन केसीलाई हाम्रो तर्फ बाट पनि जन्मदिनको धेरै धेरै शुभकामना छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments