शेफिल्ड युनाईटेड प्रिमिएर लिग बाट रेलिगेट हुने पहिलो टिम

सेफिल्ड युनाईटेड ईंग्लिश प्रिमिएर लिग बाट दोश्रो डिभिजन मा घटुवा भएको छ । हिजो सम्पन्न खेलमा वोल्भ्स संग १-० ले पराजित भए पछि सेफिल्ड यो सिजन दोस्रो डिभिजन मा घटुवा हुने पहिलो टिम बनेको हो । २ बर्ष अगाडि च्याम्पियन्सशिप बाट लिग मा बढुवा भएको सेफिल्ड २ सिजन प्रिमिएर लिग खेल्दै घटुवा हुन पुग्यो । अघिल्लो सिजन उत्कृष्ट खेल खेल्दै नबौ स्थान मा लिग सकेको सेफिल्ड ले यो सिजन को सुरुवात बाटै खराब प्रदर्शन गर्दै आएको थियो । सेफिल्ड ले यो सिजन ३२ खेल खेल्दै मात्र १४ पोइन्ट बनाएको छ । यो संगै सेफिल्ड लिगमा ६ खेल बाकी हुँदा रेलिगेट हुने चौथो टोलि बनेको छ । लगातार खराब प्रदर्शन गरेपछि सेफिल्ड का म्यानेजर क्रिस वाइल्डर ले केही दिन अघि मात्र आफ्नो पद बाट राजिनामा दिएका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments