बैंक तथा वित्तीय संस्थाका राजस्व संकलन हुने सबै शाखाहरु खुल्ने
नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले मंगलबारदेखि बिहीबारसम्म बैंक तथा वित्तीय संस्थाका राजस्व संकलन हुने सबै शाखा तथा काउन्टरहरु खुला गर्न निर्देशन दिएको छ । सरकारले भदौ २५ सम्म राजस्व तिरिसक्न करदाताहरुलाई भने वमोजिम राजस्व संकलनको लागि बैंकका शाखाहरु खुला गर्न निर्देशन दिइएको राष्ट्र बैंकले बताएको छ ।
सिमित शाखामात्रै खोल्दा भीड अत्यधिक हुने भएकोले सहज तरिकाले राजस्व तिर्ने वातावरण बनाउनका लागि यो निर्देशन जारी गरिएको हो।
अहिले बैंकले एकदमै कम सिमित शाखा कार्यालयहरुमात्रै खोलेर सेवा दिइरहेका छन् । अब शाखा कार्यालय तथा काउन्टरहरु खोले पछि सुरक्षा सतर्कतामा भने विशेष ध्यान दिन राष्ट्र बैंक प्रसासनले निर्देशन दिएको छ ।
Subscribe
Please login to comment
0 Comments