दशैंको अग्रिम टिकट बुकिङ असोज २० गतेदेखि खोल्ने
यातायात व्यवस्था विभागले व्यवसायीहरुसँग छलफल गर्दै असोज २० देखि २५ गतेसम्म अग्रिम टिकट बुकिङ खुला गर्न प्रस्ताव गरेको छ ।विभागले यो वर्ष करिब ५ लाख व्यक्तिले दशैंका लागि उपत्यका छाड्ने अनुमान गरेको छ । गत वर्षका दशैंमा करिब २० लाखले उपत्यका छाड्ने गरेकोका थिए ।
यो वर्ष यस्तो संख्या करिब ४ भागले कम हुने अनुमान विभागको छ ।
विभागका प्रवक्ता लोकनाथ भुसालका अनुसार दशैंमा जतिसक्दो छिटो उपत्यका छाड्ने यात्रुका लागि अग्रिम टिकट बिक्री गर्ने व्यवस्था गर्न व्यवसायीलाई आग्रह गरिएको छ ।
Subscribe
Please login to comment
0 Comments